बस पल्टिँदा वडा सदस्यको ज्यान गयो, नौ जना घाइते

कास्कीको मादीस्थित भाचोकमा बस पल्टिँदा वडा सदस्यको ज्यान गएको छ । पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा मादी गाउँपालिका वडा नम्बर ९ का दलित महिला सदस्य पदमकुमारी नेपालीको ज्यान गएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मादी १० भाचोकका २८ वर्षीय बस चालक अमृत भुजेल, ३२ वर्षीय विष्णु गुरुङ, ४३ वर्षीय गंगा गुरुङ, १९ वर्षीया तारा नेपाली, १४ वर्षीय समीर नेपाली, ३० वर्षीया ज्योति गुरुङ, २२ वर्षीया छाया नेपाली र १२ वर्षीय सरोज नेपाली छन् ।

दुर्घटनामा बस धनी अर्जुन बराल सँगै भएपनि उनको अवस्था सामान्य रहेको बताइएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares