ओम्याक्स फिल्म हलमा आगलागी

हेटौंडा, साउन २३ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ। विद्युत्त सर्ट भएर आगलागी भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

बुधबार बिहानदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उपमहानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिएपनि सम्भव भएन ।

आगोको लप्का ठूलो भएकोले निभाउनको लागि बाराको सिमराबाट दमकल ल्याइँदै छ । हलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ । क्षतिको विवरण आइसकेको छैन । ३ करोड रुपैयाँको लगानी र ४ सय सिट क्षमताको उक्त हलसात वर्षअघि बनाइएको हो ।

Comment with Facebook

Share This News !

Ads




shares