मुस्लिम शरणार्थीप्रति लचिलो हुदै ट्रम्प, ११ देशलाई फुकुवा

अमेरिकाले ११ देशका शरणार्थीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तर, अमेरिका पुग्न चाहने शरणार्थीलाई अर्को सुरक्षा नीतिमार्फत अंकुश लगाउने बताएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार अमेरिका प्रवेश गर्न चाहनेले अब नयाँ सुरक्षा नीतिको पालना गर्नुपर्नेछ । उनीहरु भन्छन्, ‘खराब नियतले अमेरिका आउन चाहानेलाई चाहिँ रोकिने छ ।’ यद्यपि, खराब नियत कसरी पत्ता लगाउने भन्ने’bout भने अधिकारीहरु मौन छन् ।

ट्रम्प प्रशासनले सन् २०१७ को अक्टोबरमा १० वटा मुस्लिमबहुल देश र उत्तर कोरियाका शरणार्थीलाई स्वीकार नगर्ने बताएको थियो । ती देशका शरणार्थीहरु अमेरिकाको ‘अति जोखिम’ मानेर तयार गरिएको एउटा सूचीमा राखिएका थिए ।

अब उनीहरुलाई उक्त सूचीबाट निकाले पनि अर्को नियम लगाएर कतिपय शरणार्थीलाई नियन्त्रण गर्ने अमेरिकाले तयारी गरेको हो । अमेरिकी आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले शरणार्थीको मान्यता दिनुअघि सुरक्षा जोखिमको जाँच गरिने बताए । अमेरिका प्रवेश गर्नेहरुको जानकारी राखिने र सूची बनाइ खराब नियतले आउनेलाई प्रवेश नदिइने निल्सनको भनाइ छ ।

शरणार्थी लिन रोक लगाइएका देशको नाम हालसम्म औपचारीक रुपमा सार्वजनिक गरिएको छैन । यद्यपि, इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमनका शरणार्थीमाथि प्रवेश प्रतिबन्ध लगाइएको थियो ।

तीन बर्षयता अमेरिका छिरेका शरणार्थीमध्ये ४० प्रतिशतभन्दा बढी ती ११ मुलुककै रहेको मानिन्छ । गएको ४ महिनामा रोक लगाइएका ११ देशबाट २३ जनामात्रै अमेरिका छिर्न सफल भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । सिआटलका संघीय न्यायाधीशले ट्रम्प प्रशासनको प्रतिबन्धमाथि आंशिक रोक लगाएपछि उनीहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares