काबुल आक्रमणमा मृत्यु हुनेको संख्या सय पुग्यो

अफगानिस्तानको काबुलमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या सय पुगेको छ ।

दर्जनौँ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । एम्बुलेन्समा विस्फोटक पदार्थ लिएर आएका आक्रमणकारीले प्रहरी चेकपोस्ट हुँदै सार्वजनिक यातायात संचालन हुने स्थान नजिकै लगेर विस्फोट गराएका थिए । यो २००१ पछि सबैभन्दा ठूलो हिंसात्मक आक्रमण भनिएको छ।

विगतमा आन्तरिक मन्त्रालय र विदेशी कूटनीतिक नियोगका कार्यालयहरु रहेका स्थाननजिक यो घटना भएको थियो । आक्रमणको जिम्मा तालिबानले लिएको छ । कट्टरपन्थी इस्लामिक समूह तालिबानले अफगानिस्तान र पाकिस्तानका विभिन्न भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त जघन्य घटनाका दोषीलाई अफगान सरकारले शीघ्र कानूनको कठघरामा उभ्याउने विश्वास पनि नेपाल सरकारले व्यक्त गरेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares