केपी ओलीको आग्रहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल भ्रमणमा आउने भएकी छन्।
सुष्मा मोदीको सन्देश लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माघ १८ गते नेपाल आउन लागेकी हुन्।सुष्माको नेपाल भ्रमण ओलीकै आग्रहमा भइरहेको हो।
माघ ७ गते दोस्रो पटक ओलीलाई टेलिफोन गरेका मोदीले आगामी प्रधानमन्त्रीका रुपमा बधाई दिनुका साथै ‘सम्बन्ध सुधार’ का लागि के गर्नुपर्छ ? भनेर सोधेका थिए।
त्यसलगत्तै मोदीले नै नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्नुपर्ने र त्यसका तत्काल आफू नेपाल आउन नसक्ने र बरु विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल पठाउन चाहकेको बताएका थिए। ओलीले सुस्मालाई पठाउन भनेका थिए । सो टेलिफोन वार्ता र सुस्मा नेपाल आउने जानकारी ओलीले सोही दिन वाम गठबन्धनको संयुक्त कार्यदलमा व्रिफिङ गरेका थिए।
अहिले सुस्मा मोदीको सन्देश बोकेर नेपाल आउन लागेकी हुन्। उनी नेपालमा दुई दिन बस्नेछिन्।

Comment with Facebook

Share This News !

Ads




shares