६९औँ गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासबाट नेपालको सामाजिक संघसंस्था तथा अस्पताललाई सहयोग

भारतको ६९औँ गणतन्त्र दिवस का अवसरमा नेपाललाई दूतावासबाट बस र एम्बुलेन्स प्रदान गरिएको छ ।

शुक्रबार बिहान भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसमा अवसरमा भारतका राष्ट्रपतिले जारी गरेको सन्देश वाचन गरेका थिए ।

राजदूत मञ्जिभसिंह पुरीले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए। नेपालका लागि भारतका राजदूत पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योेगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो ।

Comment with Facebook

Share This News !

Ads




shares