किम जोङलाई ट्रम्पको जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसँग पनि छ । र मेरो वालाले काम पनि गर्छ ।’

किम जोङलाई ट्रम्पको जवाफः ‘परमाणु स्वीच मसँग छ’

यसअघि नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा नै हुने बताएका थिए ।

त्यसको दुई दिनपछि जवाफ दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ उनले भनेछन् कि उनको डेस्कमा सधैं एक न्यूक्लियर बटन हुन्छ । उनको कमजोर र खानाका लागि संघर्षरत साम्राज्यबाट कसैले उनलाई बताओस् कि मसँग पनि एक परमाणु बटन छ, जुन उनको भन्दा निकै ठूलो र शक्तिशाली छ । साथै मेरो परमाणु बटमले काम पनि गर्छ ।’

Comment with Facebook

Share This News !

shares