भारतीय विदेश सचिवमा गोखले नियुक्त दोक्लाम विवाद सुल्झाउने गोखले सफल होला त!

१८ पुस, नयाँ दिल्ली
भारतीय बिदेश मन्त्रालयको सचिवमा बरिष्ठ कुटनीतिज्ञ विजय केशव गोखले नियुक्त भएका छन् । उनी आगामी २ वर्षको नियुक्त भएका हुन् ।

गोखलेले वर्तमान बिदेश सचिव एस जयशंकरलाई प्रतिस्थापन गर्नेछन् । जयशंकरको कार्यकाल आगामी जनवरी २८ देखि सकिँदैछ ।

भारतीय बिदेश सेवामा सन् १९८१ ब्याचका अधिकृत गोखलेले यसअघि चीनका लागि भारतीय बिशेष दूत भएर काम गरिसकेका छन् ।

उनी पछिल्लो समय भारतीय बिदेश मन्त्रालयको आर्थिक सम्बन्धतर्फका सचिव थिए ।

गत वर्ष भारत र चीनबीच दोक्लाममा बढेको विवाद सुल्झाउन महत्वपूर्ण भूमिका खेलेका गोखलेले परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेबारी पाएका हुन् । दोक्लाम विवाद उत्कर्षमा पुगेका बेला भारत र चीनलाई वार्ताको टेवलमा एकत्रित गराउन गोखलेको भूमिका सराहनीय मानिन्छ ।

भारतको मन्त्रिपरिषद बैठकले गरेको गोखलेको नियुक्तिलाई क्रमिक तथा प्रशिक्षण बिभागले पनि अनुमति दिएको छ ।

एस जयशंकर सन् २०१५ को जनवरी २९ मा बिदेश सचिव पदमा दुई वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । गत वर्ष उनको कार्यकाल १ वर्ष थपिएको थियो ।

Comment with Facebook

Share This News !

shares