रोबिन्होलाई नौ वर्ष जेल सजाय

८ मंसिर, काठमाडौं,

सामूहिक बलात्कारको अभियोगमा रोबिन्होलाई नौ वर्ष जेल सजाय

सामूहिक बलात्कारको आरोपमा ब्राजिलियन फुटबलर रोबिन्होलाई नौ वर्ष जेल सजाय सुनाइएको छ ।
इटलीको अदालतले सन् २०१३ मा मिलानमा भएको सामूहिक बलात्कारमा रोबिन्होसँगै अरु पाँच ब्राजिलियनलाई सजाय सुनाएको हो । उनीहरुले २२ बर्सिय खल्बानियानी महिलालाई नाइट क्लबमा बलात्कार गरेको अभियोग छ ।
ब्राजिलियन फुटबलर रोबिन्होले एसी मिलानबाट ५ वर्ष फुटबल खेले र २०१५ मा क्लब छाडे । उनी अहिले ब्राजिलको एथ्लेटिको मिनेरिनोबाट खेल्छन् ।
अदालतमा फैसला सुनाउने बेला उनी उपस्थित थिएनन् तर, वकिलमार्फत आरोप अस्वीकार गरेका थिए ।
ब्राजिलका लागि १०० क्याप जितेका रोविन्होले कुनै समय म्यान्चेस्टर सिटीबाट पनि खेलेका थिए ।

२०७४ मंसिर ८ गते १४:३७ मा प्रकाशित

Comment with Facebook

Share This News !

shares