दुनियामा काँही नभएको जात्रा अहिलेको सरकारले गरेको छ : उपमहासचिव पौडेल

काठमाडौँ १३ माघ नेकपा एमालेका उपमहासचिव तथा पुर्व अर्थमन्त्री रुपन्देही क्षेत्र नं २का सासंद विष्णु पौडेलले नेपाली काँग्रेसको सरकारले गरेको निर्णय प्रति असहमति जनाउँदै दुनियामा काहँी नभएको जात्रा अहिलेको सरकारले गरेको बताउनु भयो

नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँको आर आर क्याम्पसमा गरेको नवनिर्वाचित पाल्पाली सांसदहरुलाई  बाधाई शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले उक्त कुरा बताउनु भएको हो ।
। बाम एकता हुन लागेकोमा तर्सिएर नेपाली काँग्रेसले त्यसलाई फुटाउनका निम्ती अनेक चाल चल्यो तर यसबाट केही नहुने देखे पछि काँग्रेसले अर्को बाटो रोज्यो मन परी स्वइच्छाचारी निर्णय गर्देछ ।राज्यलाई करिब ३ सय अर्ब आर्थिक भार पर्ने गरी काम गरिरहेको छ उहाँले भन्नु भयो ।
केपी ओली र प्रचण्डले  पार्टी एकता हुँदैन भने पनि अब एकता भएरै  छोड्ने ठोकुवा गर्नु भयो । उक्त सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले विद्यार्थीलाई फेल भए पनि मौका परीक्षाले पास हुने चानस हून्छ तर हामीले पार्टी एकता हुन्छ भनेर घोषणा त ग¥यौँ यो मौकामा पास गर्न सकिएन भने जनताले दिएको मतको अर्थ रहँदैन भन्नु भयो ।
उहाँले अब हामी राष्ट्रलाई योग्दान गर्ने चरणमा छौँ । यसकारणले सम्भव भएन भनेर क्षमा माग्नु हुँदैन । हामी सान्दार ढँगले विजय भएका छौँ बहुमतको सरकार बनाउँछौँ । हामीले जनता समक्ष दिएको प्रतिबद्धता पुरा गर्न सकेनौँ भने अर्को पल्ट आउन सक्दैनौँ सम्पुर्ण जनप्रतिनिधिहरुलाई  जनअपेक्षीत कार्य गर्न पनि  उहाँले निर्देशन दिनु भयो ।

पार्टी एकता भयो भने दल बहादुरले पोलिटव्युरो छोड्न तयार छ
सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पाल्पा क्षेत्र नं १ का सासंद दल बहादुर रानाले जनताले जुन अपेक्षाका साथ आफुहरुलाई विजय बनाएका छन् त्यो अपेक्षामा तुषारापात नहुने गरी जनताहरुसँग सरसल्लाह गरेर आफुहरु अगाडी बड्ने बताउनु भयो ।

मञ्चको कार्यक्रममा बोल्दै पुर्व भुमिसुधारमन्त्री समेत रहनु भएका रानाले राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवार चयनलाई लिएर पाल्पा जिल्लाका विभिन्न नेता कार्यकर्ताले गरेको  टिप्पणी प्रति कटाक्ष गर्दै रानाले फेसबुकको शब्द चयनलाई पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

फेसबुक चलाउन पाइन्छ तर प्रयोग गरिने शब्द सन्तुलित सम्मानित हुनु पर्छ उहाँले भन्नु भयो । हामीले साँेचिरहेका हुन्छौँ यसले बबान्डार अभियान चलाईरहेको छ भनेर यसले आफ्नै हाईट घटाईरहेको हुन्छ भन्ने कुरा पनि सँगसँगै सोँचन जरुरी छ मन्त्री रानाले कसैप्रति इगिंत गर्दै भन्नु भयो ।

आफु प्रदेश नं ५को  सह संयोजक भएर पाल्पाको लागि लड्दा लड्दै पनि राष्टिय सभामा उम्मेदवार पार्न नसकेकोमा पुर्व मन्त्री रानाले क्षमा पनि माग्नु भयो ।

अब बन्ने प्रदेश सरकारमा पाल्पाबाट पनि प्रदेश मन्त्रीमा पार्नका निम्ती आफुले प्रयास गरिरहेको उहाँले खुलाउनु भयो । नपरे पनि दुख नमान्न आग्रह गर्नु भयो ।
अर्को प्रसंगमा कुरा गर्दै सासंद रानाले भोली पार्टी एकता भयो भने आफुले पोलिटव्युरो सदस्य पनि त्याग गर्न राजी भएको बताउनु भयो । प्रतिस्पर्धामा सफल भए पनि असफल भए पनि सामान्य रुपमा लिएर देश र जनताको हितमा काम गर्दै जाने हो लाग्दै जाने हो  एक न एक दिन पालो आउँछ यसबाट विचलित नहुन उहाँले आग्रह गर्नु भयो ।
मुलुकलाई सम्वृद्ध गराउने योजना केवल नेकपा एमालेसँग मात्रै छ :  पाण्डे

पाल्पा काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रम मा बोल्दै अर्का विशिष्ट अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा पाल्पा क्षेत्र नं २ का सासंद सोम प्रसाद पाण्डेले अब युवाहरुलाई अरब र खाडी मूलुकमा ५०÷५५ डिग्रीको चर्को घाममा पशिना बगाउन जान नपर्ने यही स्वदेशमा नै रोजगारीको  व्यवस्था सिर्जना गर्ने काम अबको बामपन्थी सरकारले गर्ने बताउनु भयो । नेपाली जनताले जुन विश्वास भरोसाका साथ मत दिनु भएको छ,हामीलाई जिताउनु भएको छ  त्यसको मूल्य अब विकासको गतिबाट तिर्नु पर्ने बताउनु भयो ।
वर्तमान नेपाली काँग्रेसको सरकारले अनेक बखेडा  निकालिरहेको  र अर्थतन्त्रलाई खोक्रो बनाउने काम गरेको र आगामी सरकारलाई अप्ठेरो बनाउने काम गरेको र त्यस बाट आफुहरु कतिपनि विचल्ल्ति नभएको र मूलुकलाई सम्वृद्ध बनाउने योजना केवल नेकपा एमाले सँग मात्रै भएको उहाँले बताउनु भयो ।

नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मञ्चले पाल्पा बाट निर्वाचित हुनु भएका प्रदेश तथा प्रतिनिधिसभाका सासंदहरुलाई काठमाडौँमा बोलाई सम्मान तथा बधाई ज्ञापन गरेको थियो । पाल्पाबाट निर्वाचित सासंदहरु क्षेत्र नं १ दल बहादुर राना, युवराज खनाल,नारायण प्रसाद आर्चाय,क्षेत्र नं २ सोम प्रसाद पाण्डे,डा पुरन बज्राचार्य तुलाराम घर्ति बसन्त समानुपातिक सासंद रमा घर्ति मगरले सम्पर्क मञ्चको योग्दानको कदर गर्दै जन अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता जनाउनु भयो । पाल्पा काठमाडौँ सम्पर्क मञ्चका  अध्यक्ष निल सारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्षमण अधिकारीले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष उर्मिला अर्यालले गर्नु भएको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares