भारतीय दूतावासको निम्तो छल्दै केपी शर्मा ओली किन पुगे पोखरा ?

दक्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाईएको छ ।

त्यसैको अवसरमा आज नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा फोन गरेर बधाई दिएका थिए । प्रत्युत्तरमा ओ‌लीले पहिले मोदीलाई नेपाल आउन आग्रह समेत गरेका ओलीले समारोहमा भने उपस्थित भएनन् ।

तर भावी प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा पुगेका छन् । उनले त्यहाँ सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै देउवा सरकारको कडा आलोचना गरे ।

ओलीको सचिवालयका अनुसार यसअघि नै निर्धारित भइसकेको कार्यक्रमलाई सम्बोधन गर्न ओली पोखरा पुगेका हुन् । त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर ओली काठमाडौँ फर्किने कार्यक्रम छ ।

गत वर्ष भारतीय दूतावासले गरेको गणतन्त्र दिवसको कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन् । तर, अन्य शीर्ष नेताहरु भने त्यो कार्यक्रममा पुगेका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares