दलहरुबीच रस्साकस्सी किन चल्दै छ

काठमाडौँ, पुस ५ गते,संविधान कार्यान्वयनकाे प्रमुख कार्यसूचीका रूपमा रहेकाे निर्वाचन सम्पन्न भएपछि प्रमुख दलहरूबीच रस्साकस्सी बढेकाे छ । अाखिर रस्साकस्सी किन ?

स्थिति : सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेर एकल संक्रमणीय प्रणालीमा निर्वाचन भएमा

राष्ट्रिय सभाएमाले २६माओवादी १२कांग्रेस १४राजपा  फोरम

 

स्थिति : वाम गठबन्धनले चाहेजस्तै अध्यादेश फिर्ता भई बहुमतीय प्रणालीका आधारमा निर्वाचन भएमा

राष्ट्रिय सभावाम गठबन्धन ४८ कांग्रेस, राजपा फोरम मिलेमा

 

प्रदेश : कुल मत संख्या : ९३४८

-एकजना सदस्यलाई आवश्यक मत : २३५०

-एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : एमाले ६ कांग्रेस २

-बहुमतीय प्रणाली भएमा : एमाले ८ अन्य ०

मतभार :

एमाले : ५२२०

माओवादी : १००८

कांग्रेस : २७३६

फोरम : २१६

राप्रपा : १६८

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित हुने हुनाले दुई सिट एमालेका लागि निश्चित
  • बाँकी ६ मध्ये तीनजना महिला र तीनजना खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा २३५० मतका दरले एमालेले ४७०० मत खर्च गरेर दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्नेछ । बचेको ५२० मत पाए पनि माओवादी उम्मेदवारको मत १५२८ मात्र हुनेछ । बरु, कांग्रेससँग २७२६ मत भएकाले एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा एमालेले आठै सिट जित्नेछ ।

प्रदेश : कुल मत संख्या : ९८८८

-एकजना सदस्यलाई आवश्यक मत : २५०९

-एकल संक्रमणीय निर्वाचन भएमा कांग्रेस, फोरम र राजपा मिल्दा : लोक. ६ वाम २

-बहुमतीय प्रणाली भएमा: लोक. ८ वाम ०

मतभार :

कांग्रेस : २३२२

फोरम : २३१०

राजपा : २१९०

एमाले : १६२६

माओवादी : १३८६

नयाँ शक्ति : १८

जनता दल : ३६

  • बहुमत मात्र होइन एकल संक्रमणीय मतका लागि आवश्यक न्यूनतम २५०९ पनि कुनै एक्लो दलसँग छैन । त्यसैले, कांग्रेस, फोरम र राजपा मिलेमा ६८२२ मत पुर्‍याएर बहुमतका दुई सदस्य निर्वाचित गर्न सक्नेछन् ।
  • एकल संक्रमणीय निर्वाचन भएमा २५०९ मतका दरले ५०१८ मत पुर्‍याएर यो गठबन्धनले दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्छ । बचेको १८०४ मत पाएमा एमाले अथवा माओवादीका तर्फबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुन सक्नेछन् । तर, वाम गठबन्धनले मधेसी दललाई समेटेर कांग्रेसलाई शून्य पार्न सक्छ ।

प्रदेश : कुल मत संख्या : ८७९४

एकजना सदस्यलाई आवश्यक मत : २३९२

एकल संक्रमणीय निर्वाचन भएमा : एमाले ४ माओवादी २ कांग्रेस २

बहुमतीय प्रणाली भएमा : वाम ८ अन्य ०

मतभार :

एमाले : ४४२६

माओवादी : १६९८

कांग्रेस : २२१४

नेमकिपा : १३२

विवेकशील : १४४

राप्रपा : १३२

राप्रपा (प्र) : ४८

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा एमालेका लागि निश्चित
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा २३९२ मत खर्च गरेर एमालेले एक महिला र एक खुला सदस्य निर्वाचित गर्न सक्नेछ । बचेको २०३४ मत पाए पनि माओवादीका पनि एक–एक सदस्य निर्वाचित हुनेछन् । त्यसमा पनि बचेको १५१८ मत पाएमा कांग्रेसका पनि एक–एक सदस्य निर्वाचित गर्न पुग्नेछ । बहुमतीय प्रणालीमा पनि पूरै सिट जित्न एमाले एक्लैलाई जोखिमपूर्ण हुनेछ ।

प्रदेश  कुल मत संख्या : ५९२८

एकजना सदस्यलाई आवश्यक मत : १५०४

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ कांग्रेस २

बहुमतीय प्रणाली भएमा: वाम ८ अन्य ०

मतभार :

एमाले : २६६४

कांग्रेस : २१६०

माओवादी : ७९२

राजमो : १९८

नयाँ शक्ति : ९६

स्वतन्त्र : १८

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा १५०४ मतका दरले वाम गठबन्धनले दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसको २१६० मत पाएर महिला र खुलातर्फ एक–एक सदस्य
    निर्वाचित हुनेछन् ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले बहुमतका आधारमा आठै सिट जित्नेछ ।

प्रदेश : कुल मत संख्या : ७४७८

एकजना सदस्यलाई आवश्यक मत : २०२३

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ लोक. २

बहुमतीय प्रणाली भएमा : वाम ८ अन्य ०

मतभार 

एमाले : २९६६

कांग्रेस : २००४

माओवादी : १७९४

फोरम : ४३८

राजपा : ४८

राजमो : १२०

नयाँ शक्ति : १८

राप्रपा : ३६

स्वतन्त्र : ५४

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा २०२३ मतका दरले वाम गठबन्धनले दुई महिला र दुई खुला सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसले महिला र खुलाका एक–एक सदस्यका लागि अपुग १८ मत फोरम, राजपालगायतका दलबाट लिन सक्नेछ ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले आठै सिट जित्नेछ ।

प्रदेश : कुल मत संख्या : ४३३८
एकजना सदस्यलाई आवश्यक मत : ११५३

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ लोक २

बहुमतीय प्रणाली भएमा : वाम ८ अन्य ०

मतभार :

एमाले : १७२२

कांग्रेस : १०२६

माओवादी : १४३४

स्वतन्त्र : ७२

राप्रपा : ८४

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा ११५३ मतका दरले एमाले र माओवादीले अलगअलग पनि एक–एक महिला र एक–एक खुला सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसले महिला र खुलाका एक–एक सदस्यका लागि अपुग १२७ मत स्वतन्त्र र राप्रपाबाट लिन सक्नेछ ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले आठै सिट जित्नेछ ।

प्रदेश   : कुल मत संख्या : ५७१२

एकजना सदस्यलाई आवश्यक मत : १४२९

एकल संक्रमणीय निर्वाचन भएमा निर्वाचित हुने सम्भावना : वाम ६ कांग्रेस २

बहुमतीय प्रणाली भएमा: वाम ८ अन्य ०

मतभार:

एमाले : २६९४

कांग्रेस : १९०८

माओवादी : १०१४

राजपा : ९६

  • एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्य बहुमतका आधारमा निर्वाचित गर्न वाम गठबन्धन आवश्यक
  • बाँकी ६ मध्ये तीन महिला र तीन खुला सदस्यलाई हरेक मतदाताले मत दिनेछन् । एकल संक्रमणीय निर्वाचन भएमा १४२९ मतका दरले एमालेले एक महिला र एक खुला सदस्य निर्वाचित गर्न सक्नेछ । बाँकी १२६५ मत थपेर माओवादीले पनि एक–एक सदस्य निर्वाचित गर्न सक्नेछ । कांग्रेसको १९०८ मत पाएर महिला र खुलातर्फ एक–एक सदस्य निर्वाचित हुनेछन् ।
  • तर, अध्यादेश खारेज भएर बहुमतीय प्रणाली लागू भएमा वाम गठबन्धनले आठै सिट जित्नेछ ।

दाउपेचकोकेन्द्रमाराष्ट्रपति
देउवा सरकारले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणालीअन्तर्गत हुनेछ, तर वाम गठबन्धनले बहुमतीय निर्वाचन प्रणालीको माग गर्दै अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई दबाब दिइरहेको छ ।

  • राष्ट्रिय सभा सदस्य छान्न निर्वाचकमण्डल
    -स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार : १८
    -देशभरका स्थानीय तहबाट कुल मत: ७५३x२x१८ = २७,१०८
    -त्यस्तै, प्रदेश सभा सदस्यको मतभार : ४८
    -देशभरका प्रदेश सभा सदस्यबाट कुल मत: ५५०x४८ = २६,४००
    -यसरी, राष्ट्रिय सभा निर्वाचन गर्न गठन हुने निर्वाचकमण्डलमा दुई हजार ५६ जना भए पनि कुल मत ५३ हजार पाँच सय आठ हुनेछ ।

 

  हरेक प्रदेशबाट आठजना राष्ट्रिय सभामा

तर, राष्ट्रिय सभा सदस्य प्रदेशका आधारमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट आठजनाका दरले सदस्य निर्वाचित हुनेछन् र तिनका मतदाता आफ्नो प्रदेशका मात्र हुनेछन् । त्यसैले कुन प्रदेशमा कुन दलको वर्चस्व छ, त्यस आधारमा सदस्यहरू निर्वाचित हुनेछन् ।

के हो एकल संक्रमणीय निर्वाचन प्रणाली
एकल संक्रमणीय प्रणालीमा मतदाताले आफूले निर्वाचित गराउन चाहेको उम्मेदवारको प्राथमिकताका आधारमा मतपत्रमै १ नम्बर, २ नम्बर र ३ नम्बर भनेर संकेत गर्छ । जसअनुसार १ नम्बरको प्राथमिकताको उम्मेदवारले जित्न आवश्यक पर्ने मत पाएर बाँकी रहेको मत दोस्रोमा सर्छ । र, दोस्रोले जित्न आवश्यक मत पुगेपछि तेस्रोलाई जान्छ । जसले गर्दा मत खेर जाँदैन भन्ने मान्यता छ । युरोपका विभिन्न देशमा सय वर्षअघि यो प्रणाली प्रयोगमा आएको थियो । नेपालमा पनि ०४७ को संविधानअनुसार गठन भएको राष्ट्रिय सभामा यो प्रणाली थियो ।

Comment with Facebook

Share This News !

shares