समानुपातिकमा ४१ लाख गणना, एमालेको पन्ध्र लाख सहित अग्रता कायम

काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ४१ लाख  २५ हजार  ६१ मत गणना भइसकेको छ ।
समानुपातिकमा पनि एमालेले  अग्रता बढाउदै लगेको छ । एमाले कांग्रेसभन्दा  ९० हजार मतले अघि छ । पहिला चौथो स्थानमा रहेको विवेकशिल साझा छैंठौं स्थानमा धकेलिएको छ ।
हेर्नुहोस् कसको कति मत ?
एमाले– १४ लाख ९१ हजार ५ सय १
कांग्रेस– १४ लाख  १ हजार १ सय ८
माओवादी केन्द्र–५ लाख १९ हजार ४ सय ७७
संघीय फोरम–१ लाख ३९ हजार  ५ सय ६९
राप्रपा– ९२ हजार ३ सय ७५
विवेकशिल– ९० हजार  ५ सय ८१
राजपा– ८४ हजार ३ सय ८९
नयाँ शक्ति– ४३ हजार ६ सय  ४३
राप्रपा(प्रजातान्त्रिक)– ३० हजार ७ सय  ८८
राष्ट्रिय जनमोर्चा–३० हजार १ सय ९८

Comment with Facebook

Share This News !

Ads




shares