बाबुराम भट्टराई ७ हजार मतान्तरले निर्वाचित

मंसिर २३, २०७४-नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई गोरखा– २ बाट निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले ३१ हजार ८ सय ७ मत पाए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन् ।

यसैबीच श्रेष्ठले भट्टराईलाई फोन गरेर बधाई दिएका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares