मुस्ताङमा समानुपातिक तर्फ एमाले पहिलो

मंसिर २३, २०७४- प्रत्यक्ष तर्फ सबै सिट जितेको मुस्ताङमा एमालेले समानुपातिकमा पनि पहिलो स्थान प्राप्त गरेको छ । भर्खर आज सांझ शनिबार समानुपातिकको मतगणना सकिएपछि मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् ।
समानुपातिकमा प्रतिनिधि सभा तर्फ एमालेले ३२९४, कांग्रेसले २८९६, माओवादी केन्द्रले १२९, राप्रपाले १७०, विवेकशील साझा पार्टीले ५८ र कांग्रेस (बिपी) ले २८ मत पाएका छन् । प्रदेश तर्फ एमाले ३१३५, कांग्रेस २७३०, राप्रपा २०४, राप्रपा (प्र), ५१ र कांग्रेस (बिपी) ले १६ मत ल्याएका मुख्य निर्बाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता मध्ये ६ हजार ७ सय ७३ जनाले मतदान गरेका थिए । प्रत्यक्ष तर्फ प्रतिनिधीसभामा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भइसकेका छन् । प्रदेशसभा एमालेकै इन्द्रधारा बिष्ट र महेन्द्र थकाली बिजयी भएका छन् । ११२ मतपत्र बदर भएको थियो । हिमाली जिल्ला भएपनि मुस्ताङमा अन्य जिल्लाको तुलनामा मत प्रतिशत निकै कम बदर रहेको गणनामा खटिएका निर्वाचनका कर्मचारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।

हिमाली जिल्लामा विवेकशील कसरी उदायो ?

न कुनै प्रचार न कुनै संकेत । विवेकशील साझा पार्टीको नाम निशान भएको जिल्ला मुस्ताङ । भुगोलमा मात्र होइन, देशको राजनीति गतिविधिबाट निकै सुदुर पनि हो । विवकेशील साझा पार्टी तराजु चुनाव चिन्ह भन्ने कुनै प्रचार कहिंकतै देखिएन । तर, यहि पार्टीले समानुपातिकमा ५८ मत ल्याएर धेरैलाई चकित पारेको छ । यति थोरै मतदातामा ५८ भोट ल्याउनु भनेको लोकप्रियताको संकेत हो, यहांका जानकारहरुले अहिले यहि चर्चा गरेका छन् । खास गरी, पोखरा, काठमाण्डौबाट आएर भोट दिने युवायुवतीहरुले तराजुमा मत दिएको हुन सक्ने अनुमान धेरैको छ । उम्मेदवार उठेर थोरै प्रचार भएको भए विवेकशिल साझा पार्टीले यो भन्दा धेरै मत ल्याउने अहिले जोमसोममा चर्चा चलेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares