धादिङमा निर्वाचन क्षेत्र नं २ मा माओवादी केन्द्रका जगत सिंखडा विजयी

मंसिर २२, २०७४-  वाम गठवन्धनका जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई निर्वाचन क्षेत्र नं २ को प्रदेशनं मा विजयी हासिल गरेका छन् । सिंखडाका प्रतिनिधि लोतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार डम्बर तामाङ्गले १५ हजार ७ सय ७४ मत प्राप्त गरेका थिए । वामपन्थी गढ मानिएको धादिङको निवाचन क्षेत्र नं १ मा दुवै तहका निर्वाचनमा वाम गठबन्धन दोव्बर मतले उछिनेको छ ।

प्रतिनिधि सभामा एमाले अध्यक्ष समेत रहेका वाम गठबन्धनका उम्मेदवार भूमी त्रिपाठीले २३ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् भने त्रिपाठीका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्याल १० हजार ५ सय २९ मत प्राप्त गरेका छन् । दुवैको उम्मेदवारबीच  १३ हजार ३ सय २९ मतान्तर रहेको छ । निर्वाचन क्षेत्र नं १ को दुई वटै प्रदेश सभामा पनि वाम गठबन्धनले नै दोव्बर मतको मतान्तर राखेको छ । प्रदेश सभा १ का उम्मेदवार नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डेले आफना प्रतिद्धन्दी नेपाली कांग्रेसका मधु श्रेष्ठलाई १० हजार ४ सय १४ मतले पछाडि पार्दै २० हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी श्रेष्ठले १० हजार  ८ सय ३८ मत प्राप्त गरेका छन् । त्यसै गरी प्रदेश शभा २ मा माओवादी नेता शालिकराम जमकटेलले १७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले ७ हजार १ सय ६८ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारको मत दोब्बर भन्दा फरक छ ।  त्यसै गरी निर्वाचन क्षेत्र नं २ मा भने वाम गठबन्धन र लोतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ । प्रतिनिधि सभाका वाम गठबन्धनका उम्मेदवार एवं पूर्व जिविस सभापति खेम लोहनी ले १७ हजार ९ सय १६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता एवं कानून तया संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले १७ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवार वीच ३७ झिनो मतको अन्तर छ । धादिङ क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं १ तर्फ वाम गठबन्धनका डां. रामकुमार अधिकारी ले  १३ हजार ८ सय १५ मत प्राप्त गरी नेपाली काँग्रेसका रमेश धमला भन्दा ५ सय ५४ मत बढी प्राप्त गरेका छन् । धमलाले १३ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।  जिल्लामा वाम गठबन्धनले मतगणनामा अग्रता लिए पछि विभिन्न गाउंँहरु वाट गठबन्धनका कार्यकर्ताहरु सदरमुकाम आउने क्रम जारी छ । जिल्लामा मतगणना जारी छ । अझै १२ घण्टामा दुवै निर्वाचन क्षेत्रको सवै मतपरिणाम आई सक्ने प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले वताए ।  विजेता जगत सिंखडाको संक्षिप्त जानकारी वि.स. २०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन् । २०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाको औपचारिक राजनीतिक यात्रा सुरु भयो । उनले आइए सम्मको अध्ययन गरेका छन् । २०५३ सालमा माओवादी जनयुद्धमा उनी भूमीगत बनेर सक्रिय राजनीतिमा होमिए । त्यस क्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले । २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो । पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने । माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने । हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन् । धादिङ नयाँ अपडेट  धादिङ प्रतिनिधि सभा क्षेत्र नं १  भूमि त्रिपाठी नेकपा एमाले २३८५९ विश्व प्रसाद अर्याल नेपाली काँग्रेस १०५२९ धादिङ क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं १ राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले २०५५२ मधुकुमार श्रेष्ठ नेपाली काँँग्रेस १०१३८ क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं २ शालिकग्राम जमरकट्टेल माओवादी केन्द्र १७२०२ प्रभातकिरण सुवेदी नेपाली काँग्रेस ७१७८ धादिङ प्रतिनिधि सभा क्षेत्र नं २  खेम लोहनी नेकपा एमाले १७१५० दिलमान पाख्रिन नेपाली काँग्रेस १६६१५ धादिङ क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं १ डां रामकुमार अधिकारी नेकपा एमाले १३८१५ रमेश धमला नेपाली काँग्रेस १३२६१ धादिङ क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं २ जगत सिंम्खडा माओवादी केन्द्र १७६०५ विजय घोषणा  डम्बर तामाङ राप्रपा १३३३०

Comment with Facebook

Share This News !

Ads




shares