विप्लव समुहको प्रकाण्ड पक्राउ

काठमाडौं, साउन २३ गते ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । प्रहरीले प्रकाण्ड लाई मंगलबार राती काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता शैलेस थापाले प्रकाण्ड लाई पक्राउ गरेको पुष्टि गरे । ‘उहाँलाई हामीले चाल्नाखेलबाट पक्राउ गरेका हौँ’, उनले भने । थापाले के.बि.माथिको अभियोग मुद्धा दायर गर्ने समयमा खुलाउने बताए ।

यसअघि पनि प्रहरीले पार्टीका चारजना पोलिटब्युरो सदस्यलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई रहेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares