भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि मदन भण्डारी स्मृति दिवस हो । मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । लगतै अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो । सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

एमाले र माओवादीले दशैंमा पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावबाट गठबन्धन मात्र नभई पार्टी एकता अनुमोदन भएको भन्दै दुई दलले ७ फागुनले पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्तबारे सातबुादे सहमति गरे । त्यो सहमतिअनुसार कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् । तर, बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन । यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । यसबीचमा सचिव सरुवादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय वार्ताहरुमा आफ्ना मन्त्रीहरुको सहभागिता नगराएको भन्दै माओवादी नेतृत्वले असन्तुष्टि जनायो । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ । त्यसको संकेत गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरसाग भने, ‘मैले दुबै अध्यक्षलाई सोधेा, वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’दुबै दलले बैठक बोलाए

पार्टी एकता घोषणा गर्नुअघि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यो अन्तिम बैठक हुनेछ । माओवादीले पनि बैठक बोलाएको छ । एकीकृत पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ राख्ने सहमत दलहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यो संख्या केही बढ्न सक्ने एमाले र माओवादी नेताहरुले बताएका छन्

Comment with Facebook

Share This News !

Ads




shares