प्रश्न सोध्न नपाएपछि कांग्रेसद्वारा संसद बहिस्कार

काठमाडौं, साउन १७ गते ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा मन्त्रीसंग प्रश्नउत्तरको व्यवस्था माग गर्दा सभामुखले उपलब्ध नगराएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् ।

सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भने । लगत्तै उनले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे । कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रश्नोत्तरको समय माग गरेपछि सभामुख कृष्ण बहादुर महराले दिएनन् । तर अर्थमन्त्रीलाई बोल्न समय दिएपछि आजको चालु प्रतिनिधि सभाको बैठक छाडेर कांग्रेस सांसद निस्किएका हुन् ।
प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै उभिईरहेका बेला सभामुखले कार्यसूची अनुसार कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसदहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

बीमा सम्बन्धि बिधेयक बहुमतले पारित भएको सभामुखले घोषणा गरे । अन्तर्राष्ट्रिय आतंकवाद विरुद्ध विधेयक गृहमन्त्री रामबहादुर थापा बादलद्वारा प्रस्तुत गरेका छन् । बैठक भोलिसम्मका लागि स्थगित भएकाे छ ।

Comment with Facebook

Share This News !

Ads




shares