प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श

काठमाडौँ ,चैत्र २१ गते।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा भारत भ्रमणका बारेमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँगको परामर्शमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी छन् । साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) सदस्यहरु भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका परराष्ट्रविद्हरु पनि सहभागी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीले चैत २३ देखि तीन दिने भारत भ्रमणमा नयाँदिल्ली जाँदैछन् । भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् । प्रधानमन्त्रीले भ्रमणबारे संघीय संसदका दुवै सदनलाई मंगलबार नै जानकारी गराइसकेका छन् ।

भारत भ्रमणबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक पनि बुधबार दिउँसो ३ बजे बोलाइएको छ । संसद बैठक लम्बिएकाले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो ।

 

 

Comment with Facebook

Share This News !

Ads




shares