नेपालीको शान धरहरालाई स्भाविमानका साथ उठाउने दाबी-प्रधानमन्त्री ओली

विनाशकारी महाभूकम्प गोरखा भूकम्प गएको तीन वर्ष पुगेको छ। आठ हजार भन्दा धेरै मानिसको ज्यान लिने गरी गएको भूकम्पले धेरै भौतिक संरचना पनि भत्कायो । तीन वर्ष पुगेको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुन्धारास्थित धरहरामा पुगेर भूकम्पमा परी ज्यान गुमाउने सबै प्रति श्रद्धाञ्जली दिएका छन् ।
भत्काएमाध्ये धेरै संरचना अहिले धमाधम बनिरहेका छन् । तर नेपालीको शान बनेको धरहरा अझै उठेको छैन । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै बनाउने भनिएको धरहराको ढलेको ठुटोले अझै पनि सरकारलाई गिज्याइरहेको छ।
महाभूकम्प गएको दिनको सम्झनामा राष्ट्रिय पुनर्निर्माण प्रधिकरण लगायत विभिन्न संस्थाहरुले काठमाडौं लगायत देशका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरिरहेका छन् ।
मै बनाउँछु मेरो धरहरा
‘मै बनाउँछु मेरो धरहरा’ नाम दिइएको कार्यक्रममा बोल्दै नेपाल र नेपालीको पहिचानसँग जोडिएको धरहारलाई नेपालीहरुले आफ्नो गौरवको रुपमा आफैं बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले धरहरालाई व्यापारिक प्रयोजनका लागि नभई देशको गौरवमा लागि आफैं निमार्ण गर्नुपर्ने धारणा राखेका थिए । उनले सो अवसरमा पुनर्निमार्ण प्राधिकरणको प्रगतीका बारे पनि जानकारी दिएका थिए । यस्तै आजै काठमाडौंको बसन्तपुरमा हुने कार्यक्रममा भने राष्ट्रपतिको सहभागिता हुने छ ।
धरहरा परिचित
भीमसेन स्तम्भकारुपमा परिचित धरहरामूनि दोस्रो पटक प्रधानमन्त्री बनेपछि केपी शर्मा ओली बुधबार पुगे । ढलेको धरहराको ठुटाको आडैमा एक कार्यक्रम गरेर भूकम्पमा ध्वस्त संरचनालाई पुननिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रम ओलीले बताए ।
उनले भूकम्पले ढलेको नेपालीको शान धरहरालाई स्भाविमानका साथ उठाउने दाबी गरे । प्रम ओलीले ढलेको धरहरा उठाउन आफू कोदालो खन्न र डोकोमा इँटा बोक्न पनि तयार रहेको स्पष्टिकरण दिए ।
‘भूकम्पले ढलेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ’, कार्यक्रममा उनले भने, ‘त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौँ, त्यहीँबाट नव-निर्माणमा जुटौं ।

Comment with Facebook

Share This News !

Ads




shares