देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी, आजै राजीनामा दिने

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् ।

प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । वाम गठबन्धनका नेताहरुले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्रीमा दावी पेस गरिसकेका छन् । देउवाको राजीनामापछि बिहीबार नै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने स्रोतले जनाएको छ । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ’, संयोजक परियारले

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।

Comment with Facebook

Share This News !

Ads




shares