कांग्रेसले गर्‍यो मतगणना बहिष्कार

डोटी कांग्रेसले गर्‍यो मतगणना बहिष्कार

मंसिर २४, २०७४- प्रदेश सभा ‘ख’ तर्फ भइरहेको मतगणनामा खटिएका कर्मचारीले धाँधली गरेको आरोप लगाउंदै कांग्रेसका उम्मेदवारले बहिष्कार गरेका छन् । पत्रकार सम्मेलन गर्दै कांग्रेसका उम्मेदवार योगेन्द्र बहादुर शाहीले कानूनी प्रकृया अपनाउने बताएका छन् । यद्यपि, मुख्य निर्वाचन कार्यालय डोटीले दुई घण्टा अघि स्थगित गरेको मतगणना शुरु गरेको छ ।
मतगणनामा खटिएका कर्मचारीले कांग्रेसका गणना भएका मतपत्र १००/१०० का मुठा बनाउनु पर्नेमा डेढ सय मतपत्र राखेर मुठा बनाएको पाइएपछि बहिष्कार गरेको शाहीले बताए । उनले कर्मचारीबाट भबितब्य गल्ती कम्जोरी भन्दापनि नियतबसबाट कांग्रेसका उम्मेदवारलाई कम्जोर पार्ने उदेश्यले गरेको बताएका छन् । शाहीले पुन: मतगणना हुनु पर्ने लिखित माग राखेका थिए । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतगणना भई शाहीका मतगणना प्रतिनिधीले ठीक छ भनि हस्ताक्षर गरी सही छाप लगाइसकेकाले पुन: मतगणना गर्न नमिल्ने बताउनुभयो । शाहीले पत्रकार सम्मेलन गरी पार्टीको नेतृत्व पंक्ति र कानुनी सल्लाहकारसंगको सल्लाहपछि मात्र मतगणनामा बस्ने कि नबस्ने भन्ने निर्णयमा पुगिने बताएका छन् । प्रदेश सभा ख मा कांग्रेसका उम्मेदवार शाही माओवादीका उम्मेदवार त्रिलोचन भट्टभन्दा दुई हजार १ सय ९८ मतले पछि छन् । शाहीको १० हजार ७ हजार ४६ मत छ भने भट्टको १२ हजार ९ सय ४४ मत छ ।

Comment with Facebook

Share This News !

Ads




shares