काङ्ग्रेस नेता चन्द्र भन्डारीको सभापति देउवा माथी आक्रोस ।

पर्वत । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति प्रति आक्रोश पोखेका छन् । संविधान निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गरेका शुसिल कोइरालाको दोस्रो बार्षिकीमा पनि पार्टीले खासै सम्मान र ऋद्धाञ्जली सभाको आयोजना गर्न नसकेको भनि आक्रोश पोखेका हुन् ।

उनले शेरबहादुर देउवा मरेपनि कसैले पनि नसम्झने भन्दै बरु पार्टीभित्रै खसियाली हुने आशयको अभिव्यक्ति दिएका छन् । उनले कुनै पनि हालतमा अब देउवालाई साइजमा ल्याउने तयारी भैराखेको समेत बताएका छन् ।
भण्डारीले महाधिवेश वा विशेष महाधिवेशन बोलाएर भएपनि देउवालाई ठिक ठाउँमा ल्याउन पार्टीका नेताहरु लागेको बताएका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares