त्रिशूलीमा थप एक जनाको शव फेला

धादिङ — त्रिशूली नदीबाट दुर्घनामा परेको जिप शनिबार अपरान्ह ४ बजे निकालिएको छ । जिपमा सिँचाई मन्त्रालयका सचिव यादवकी नातेदार १५ वर्षीय उन्नती गुप्ताको शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो सिटमा बसेका यादवका छोरा सन्तोष भने अझै फेला परेको छैन ।

जीप घिसारेर वगरमा ल्याउदा सम्म वाहिर खस्न सक्ने वा दुर्घटना हुने वखतनै फुत्केर पानीमा खसेको हुन सक्ने प्रहरीले जनाएकोछ ।

वेपत्ताको खोजीका लागि परिचालित गोताखोर नै दुर्घटनामा परेको छ। गोताखोर दुर्घटना परेपछि थप बेपत्ता खोज्ने काम अवरुद्ध भएको छ। अहिले जिप बाहिर निकाल्न थालिएको प्रहरीले जनाएको छ।

सचिवको शव झिकेपछि अर्को व्यक्तिको खोजीमा पानीमा पसेका सशस्त्र प्रहरीका हवल्दार गोताखोर तीर्थराज चपाई पानीमै बेहोस भएका थिए। अक्सिजन सकिएपछि जिपभित्रै अल्झिएका चपाईलाई बेहोस अवस्थामा अर्का गोताखोर नरेन्द्रसिंह भण्डारीले उद्दार गरेका थिए।

बेहास चपाईलाई झिक्न भण्डारीले अक्सिजन सिलिण्डरलगायत सामाग्री पानीमै काटेर झिक्न परेको थियो। उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

दुर्घटनापछि बिहान १० बजे नै घटनास्थलमै पुगेकी मृतक सचिव यादवकी छोरी डाक्टर रञ्जना बावुकै शवनेर बसेर आफन्तजनहरुसँग घटनास्थलको परिस्थिति’bout फोनमा कुरा गर्दै थिइन्। सोही समयमा गोताखोर बेहोस भएका थिए। गोताखोर चपाइलाई प्राथमिक उपचार गरेपछि डा. रञ्जनाले थप उपचारका लागि काठमाडौं लैजान भनेकी थिइन्।

घाइते गोताखोर चपाईलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

घटनास्थल पुगे विभागीय मन्त्री

जिप दुर्घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न सिँचाईमन्त्री सञ्जय गौतम र राज्यमन्त्री अमर पुन पनि पुगेका छ्न्। मन्त्री गौतमले माघ महिनामा पनि त्रिशूली नदी धमिलो हुनुका कारण प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र प्रहरी उपरीक्षक ध्रुवराज राउतसँग सोधेका थिए। प्रजिअ भण्डारीले त्रिशूली प्रदुषणबाट जोगाउने उपाय’bout छलफल भइरहेको जवाफ दिएका थिए। तर, स्थानीयवासीहरुले प्रशासनकै मिलोमतोमा त्रिशूली नदी दोहन र धमिलो भएको गुनासो गरेका थिए। उनीहरुले हरेक दुर्घटनामा पानी धमिलो हुनाले उद्धारमा कठिनाई हुने गरेको पनि मन्त्रीलाई सुनाएका थिए।

सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ। उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ। उद्दारमा संलग्न प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ। यसअघि सचिवका ड्राइभरले पनि जिप सचिव यादवले नै चलाएका बताएका थिए।

शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा भएको जिप दुर्घटनामा सचिव सहित तीनजना वेपत्ता भएका थिए। आज बिहान कुरिनटारबाट आएको गोताखोरले जिप १५ मिटरको गहिराइमा जिप भेट्टाएका थिए।

सचिवको शव सोही जिपबाट निकालिएको उद्दारकार्यमा संलग्न प्रहरीले बताएका छन्। वेपत्ता भएका तीनमध्ये सचिवको शव फेला परेको छ भने छोरा सन्तोष र१५ वर्षीया उन्नती गुप्ता हराइरहेका छन्।

सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा ३ जना बेपत्ता भएका छन्। जिप भने १५ मिटर गहिराइमा चितवन कुरिनटारबाट आएको गोताखोरले पत्ता लगाएका छन्।
कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए। अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो। जिप खसेको स्थान निकै गहिरो छ। नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए।

घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।

Comment with Facebook

Share This News !

Ads




shares