मतपरिणाम आउँदै गर्दा कांग्रेसले गर्यो यस्तो उद्घोष

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  सबै तहको चुनाव सम्पन्न भइसकेकाले फागुनको दोश्रो साता सम्म नयाँ सरकार बनिसक्ने बताउछन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो बताएका हुन् । सरकारले सबै तहको चुनाव सम्पन्न गराएकोले अव चाँडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढ्ने उनको विश्वास  रहेको छ।

प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने उनले  । जान लागेको र आउने सरकार भनेर कसैले गलत सोच्न नहुने उनले टिप्पणी गरे ।

सरकारले गरेका राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने शर्माको भनाई छ । अर्को प्रसंगमा उनले नेपाली कांग्रेस नयाँ ढंगले अगाडि बढन आवश्यक रहेको बताएका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares