डोरमणि पौडेल संसदीय दलको नेतामा निर्वाचित

काठमाडौँ २६ – प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् ।

एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार मतदान भएको हो।

 दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । दलका नेतामा पराजय व्यहोरेकी उपाध्यक्ष अष्टलक्ष्मी शा्कय नेता माधव नेपाल समूहबाट उम्मेदवारी दर्ता गराएकी थिइन् ।
Comment with Facebook

Share This News !

Ads




shares