प्रदेशले मुख्यमन्त्री पाउन प्रकृयाको झमेला

सातवटै प्रदेशसभाको अधिवेशन आह्वान भइसकेको छ । तर पहिलो अधिवेशनमा कुनैपनि प्रेदशले मुख्यमन्त्री पाउने छैन् । प्रदेश सरकार गठनको तयारीमा रहेका दलहरुमा आकांक्षी बढी हुँदा प्रदेश नम्बर ५ बाहेक अरुले संसदीय दलको नेता समेत छान्न सकेका छैनन् ।

 पहिलो बैठककालागि प्रदेश नम्बर ५ मा संसद सचिवालयमा औपचारिक व्यवस्थापनको काम आजदेखि सुरु भएको छ । संसद सचिवालयको तयारीसंगै सरकार गठनको अभिमत पाएको बामगठवन्दनले सरकार गठनको आन्तरीक गृहकार्य थालेको छ । एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री बन्ने टुंगो लागेको छ । सभामुखमा माओवादी केन्द्रबाट पुरुष, एमालेबाट उपसभामुखमा महिलासंगै एमालेले ७० र माओवादी केन्द्रले ३० मन्त्रालय पाउने सहमति छ । कम्तीमा १० र बढीमा १३ मन्त्रालय बन्नेछन् । मन्त्रालय कम हुने तर मन्त्री बन्ने आकांक्षी धेरै भएपछि दुवै दलले आन्तरीक छलफल गरेर साझा नाम छान्ने कोशीश गरेका छन् । 

प्रदेश ५ मा जस्तै अन्य प्रदेशमा पनि मन्त्री बन्ने दौडधुपमा संसदहरुको लविड. सुरु भएको छ । विडम्वना चुनाव सकिएको २ महिना पुग्दासम्म सरकार बनाउने अभिमत पाएका दलहरुले संसदीय दलको नेता छान्न सकेका छैनन् । यसले गर्दा सरकार गठनको काम अन्योलमा परेको छ भने संसदहरुको मन्त्री बन्ने महत्वकांक्षा गुट उपगुट बढेको छ ।

प्रदेश नम्बर १ मा सरकार बनाउने अभिमत पाएको बामगठबन्दनले एमालेलाई मुख्यमन्त्री सुम्पेको छ । यद्यपि एमाले नेता भिम आचार्य , शेरधन राई र जीवन घिमीरे तीनै जनाको दावेदारीका कारण संसदीय दलको नेता समेत छनोट भएको छैन । सभामुख, उपसभामुख मन्त्रीहरुमा दुवै दलका एक दर्जन नेताले आकांक्षा देखाएका छन् । प्रदेश २ मा मधेश केन्दि्रत दल संघीय समाजवादी फोरम र राजपाबीच सरकार गठन गर्ने र फोरमलाई मुख्य मन्त्री दिने सहमती छ । यहा पनि फोरम नेता लालबाबु राउत, विजय यादव, र शैलेन्द्र शाह तिनैजनाले मुख्यमन्त्री दावी गरेपछि समस्या भएको छ । प्रदेश नम्बर ३ मा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्य मन्त्रीको मुख्य दावेदार हुन् । केशव स्थापित, राजेन्द्र पाण्डे, सानुकुमार श्रेष्ठ लगायतको आकांक्षा छ । प्रदेश ४ मा मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्वा गुरुङ बिच प्रतिस्पर्धा छ । एमालेले मुख्यमन्त्री सहित चार, माओवादी केन्द्रले तिन र राष्ट्रिय जनमोर्चालाई एक मन्त्रालय दिने गरी मन्त्रीमण्डल बनाउने तयारी भएपनि मुख्य  संसदीय दलको नेता नै नछानिदा अन्योल छ । प्रदेश ६ मा माओवादी केन्द्रका तर्फबाट मुख्य मन्त्रीमा नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच प्रतिश्पर्धा छ । एमालेबाट प्रकाश ज्वाला र यमलाल कंडेलले पनि शक्तिशाली मन्त्रालयको दावी गर्नुभएको छ । प्रदेश ७ मा माओवादी केन्द्रका झपडबहादुर बोहोरा र वीरभान चौधरीबीच टकराव छ । एमालेबाट सभामुख तथा महत्वपुर्ण मन्त्रालयका लागि दीर्घराज सोडारी र प्रकाश शाह दुवैले दावेदारी पेश गरेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares