धनकुटामा अान्दाेलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते

३ माघ, काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।
अान्दाेलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत ताेडफाेड गरेकाे जनाइएकाे छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आन्दोलनकारीले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको अनलाइनखबरलाई बताए । उनको अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares