भोलीको बन्द हल्ला मात्र हो : विप्लव माओवादी

बिहिबार, मंसिर ०७, २०७४

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ । विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको माओवादीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका हुन् ।
नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा माओवादी सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेकोले बन्द नभएको स्पष्ट पारेका छन् । उनले बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् ।उनले देशव्यापी भइरहेको बम काण्ड पनि आफ्नो पार्टीको नीति भित्र नरहेको बताउँदै त्यसमा मुछेर आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिनु षड्यन्त्रपूर्ण भएको तर्क गरे ।

Comment with Facebook

Share This News !

shares