शंकर पोख्रेल : राजनीतिको नयाँ कोर्ष सुरु

क्षेत्र नं.२ (क) वाट प्रदेशसभा उम्मेदवार शंकर पोख्रेलले नेपालको राजनीति नयाँ कोर्ष मा प्रवेश गरेको वताए । त्यसक्षेत्रका हेबीवेटका रुपमा समेत हेरिएका पोख्रेललाई उत्त प्रदेशका भावी मुख्यमन्त्रीका रुपमापनि हेरिएको छ । वामगठबन्धनले नेता भन्दा कार्यकर्ता र कार्यकर्ता भन्दा वढि मतदाता उत्साहित रहेकोले दाङको ३ वटा क्षेत्रवाट बामगठबन्धनका उमेदवारहरुको विजय सुनिश्चित रहेको एसिएन समाचार लाई वताए ।
नेपालमा वामपन्थीहरुको अत्यधिक मत भएतापनि एक आपसमा बैचारिक र कार्यगत समरुपता नहुदा वामपन्थीहरुको वहुमतको सरकार आजसम्म यो देशले प्राप्त नगरेकोमा यसपटक वामएकताले वामपन्थीहरुको वहुमतकै सरकार सुनिश्चित भएको बताए ।

एमाले स्थाई कमिटि सदस्यसमेत रहेका नेता पोख्रेलले वामपन्थी एकता र प्रदेशको नेतृत्वको कारण आफु अत्यधिक मतका साथ विजयी हुने कुरामा विस्वस्त रहेको वताए । दाङ अहिले प्रदेशको राजधानीको रुपमासमेत चर्चा चलेकोमा, हावापानी, भौगोलिक स्थिति र भू–राजनैतिक परिवेश र दुरीको कारणले समेत दाङ प्रदेश राजधानीको लागि उपयुक्त रहेको हुनाले आफु त्यसको पक्षमा रहेको जानकारी समेत गराए ।

यसक्षेत्रमा विकाश र निमार्णको साथै तीनवटा छुट्टा–छुट्टै उपमहानगरलाई अन्य शहरी क्षेत्रसंग जोडेर महानगर वनाउने योजना आफ्नो प्रथमिकतामा रहेको बताए । जसमध्ये बुटवल र भैरहवा, घोराही र तुल्सीपुर, नेपालगञ्ज र कोहलपुरलाई पछिल्लो स्थानीय चुनावमा धेरै मत अन्तर नरहे पनि राष्ट्रिय नेतृत्वले चुनावी प्रतिस्पर्धा गरेका कारण मत अन्तर निकै फराकिलोसहित विजय प्राप्त हुने कुरामा विश्वस्त रहेको वताए ।

नेता पोख्रेलले एउटा छुट्टै प्रश्नमा देशभरि उमेद्वारमाथि भईरहेको विस्फोट र सांघातिक हमलाको विरोध गर्दै प्रजातन्त्रमा केही हदसम्म छुट भएपनि यस प्रकारको आक्रमण निन्दनीय रहेको र जनताले त्यसलाई स्वीकार नगर्ने हुनाले अवको राजनीति ध्वंसबाट हैन निमार्णबाट अघि बढ्नुपर्ने बताए ।
लोकतन्त्रमा जनता आतङ्कबाट होईन, मन जितेर जनताको नेतृत्व गर्न सकिन्छ यसको विकल्प त्रासदी र आतकपूर्ण क्रियाकलाप हुननसक्ने हुनाले त्यसको भविष्य नरहेको समेत बताए ।

————–

श्रोत

Comment with Facebook

Share This News !

shares