सोल्टी होटलको विवाह भोजमा गणेश थापाको गुन्डागर्दी : पुर्व सांसद रामहरी सुबेदीमाथी गाली गलौज ।

असार २८ काठमाडौं ।

चौधरी ग्रुपका संचालक अरुण चौधरीका सुपुत्र करण चौधरीको मंगलबार सोल्टी होटलमा आयोजित विवाह भोजमा सहभागी हुन गएका पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरी सुवेदी माथी तत्कालिन एन्फा अध्यक्ष गणेश थापाले गाली गलौज गरेका छन । विभिन्न भ्रष्टाचार प्रकरणमाथी आवाज उठाउदै आएका नेता सुवेदिले लेखा समितिको सदस्य हुँदा एन्फामा भएको अनियमितताको बारेमा आवाज उठाउदा गणेश थापाको पद गएको थियो र साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा  परेको थियो ।

गाली गर्दै थापले सुवेदिलाई तँ भन्दै माफी माग्नु पर्छ भनेका थिए । रक्सिले मात्तिएका थापाले गाली गर्न नछडेपछी सुवेदी प्रतिवादमा उत्रेका थिए र आफुले जायज कुरा गरेको र भ्रष्टाचारको बिरुद्ध जहिले उभिने भनेका थिए । थापाले आफुलाई सम्भालन नसकेपछी बरिस्ठ अधिवक्ता शम्भु थापाले बाहिर लगेका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares