सिंगापुर वार्तामा बढाउने भए गोर्खालीले सान ।

काठमाडौजेठ २८ ।

अहिले सिंगापुरमा निकै चहलपहल संंगै सुरक्षा ब्यवस्था बढेको छ । कारण हो , अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली रास्ट्रपति किम जोङ बिच भेट वार्ता । यी दुई शक्तिशाली नेताहरुबिचनेताहरुविच २०१८ जुन १२ मा सिंगापुरमा हुँदैछ ।

१२ जुनमा हुने भेटवार्तापछि विश्व पुर्ण शान्तीमा जाने बिश्वास अधिकांस रास्ट्रहरुको छ । यसभन्दा अगाडि अमेरिका र उत्तर कोरिया एक अर्कालाई आरोप प्रत्यारोप लगाउंँदै एक अर्कामाथी आक्रमण गर्ने चेतावनी दँदै आएको थियो ।

दुवै देशले वार्ता स्थलमा आ-आफ्नै सुरक्षा कर्मी तैनाथ गर्ने भएपनी विशेष सुरक्षाको लागि सिँगापुर गोर्खा प्रहरीलाई जिम्मा दिने भएको छ । गोर्खा प्रहरीलाई सडक , होटल , वार्ता स्थल तथा अन्य विशेष स्थलहरुको सुरक्षाको जिम्मा दिने बताईएको छ । यसबाट प्रमानित हुन्छ गोर्खालीलाई बिश्वले कत्ती बिश्वास र शक्तिसाली मान्दछ ।

 

Comment with Facebook

Share This News !

Ads




shares