सरकारमाथी नेता गगन थापाको आक्रोश ।

असार ३१ काठमाडौं ।

नेपाली काङ्ग्रेसका नेता तथा पुर्व स्वस्थ्य मन्त्री गगन थापाले सरकारमाथी आक्रोश ब्यक्त गर्दै यो सरकारले संसदमा संख्या देखाउदै दादागिरी गर्ने नपाउने भनेका छन । संचार्कर्मीहरुसँग कुरा गर्दै नेता थापाले प्रतिपक्षले जनाएको बिरोधको सरकारले वास्त नगरे चुप लागेर नबस्ने भनेका छन । यो सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा ऎन जनताको पक्षमा नभएको भताएका छन ।

ऎन र कानुन सर्वसाधारण जनताको लागि बनाईन्छ र यदि जनतालाईनै घाटा लाग्छा र कुनै लाभ हुदैन भने त्यस्तो कानुन ल्याउनु हुदैन भने उनको भनाई थियो । यो सरकाले जनतालाई जेसुकै होस तर आफ्नो हार हुन नदिने सोच राखेको बताएका छन । नेता थापाले नेपाली काङ्ग्रेस कुनैपनी हालतम यसको बिरोध गर्छ भनेका छन ।

हुनत नेता थापा आफै स्वास्थ्य मन्त्री हुँदापनि डा .केसि अनशन बसेका थिए तर उनले त्यत्तिबेला केसि गलत रहेको भन्दै वास्ता गरेका थिएनन । यसै बिषयलाई लिएर समाजिक संजालमा नेता थपाको बिरोध गर्ने एउटा जमातपनि छ ।

Comment with Facebook

Share This News !

Ads




shares