संचारमा सर्वसाधारणलाई थप भार ।

असार १ काठमाडौं ।

अब ईन्टरनेट तथा फोन चलाउनेलाई थप भार पर्ने भएको छ । श्रावण १ गते देखि लागु हुने गरि दुरसंचारले थप कर लगाउने भएको छ । बिश्वमा ईन्टरनेट सस्तो र नि: शुल्क भईरहेको बेला नेपालमा सुल्क बढ्नु निन्दनीय भएको उपभोग्ताहरुले बताउछन । आजको समयमा बिश्वले संचारमा सबैको पहुँच हुनुपर्छ भनिरहेको समयमा नेपालमा शुल्क बढाउनु कत्तिको उचित नबहेको भन्छन । चुनावको बेलामा संचारमा सबैको पहुँच भनी घोषणा पत्र बनाउदा जनताले तीन गुना सस्तो ईन्टरनेट पाउने आस्वासन पाएका थिए । तर त्यस्को ठिक बिपरित १३ प्रतिशत थप भार सर्वसाधारण माथी पर्न गएको छ । संचार सर्वसाधारणको लागि आधरभुत आवस्यकता भएको छ । आज लगभग ७० प्रतिशत जनताले मोबाईल तथा ४० प्रतिशतले ईन्टरनेटको तथा फोन सेवा प्रयोग गर्दै आएको छ । जसमध्ये ८० प्रतिशत निन्म वर्गिय १८ प्रतिशत मद्यमवर्गिय र २ प्रतिशत मात्रै सम्पन्न र धनी वर्गियमा पर्छन । यसरी हेर्दा सर्वासाधारण जनतानै मारमा पर्न गएको देखिन्छ ।

Comment with Facebook

Share This News !

Ads




shares