एमाले नेता मुख्यमन्त्री दावेदार शेरधन राई माथी बम प्रहार

एमाले नेता मुख्यमन्त्री दावेदार शेरधन राई माथी बम प्रहार

भोजपुर । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश १ का मुख्यमन्त्री दावेदार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ । पूर्व मन्त्री समेत रहेका राई भोजपुर प्रदेशसभाका उम्मेद्वार हुन् । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् । भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको थियो । सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए ।

बम कसले प्रहार गर्‍यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको घटना पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares