बिश्वकप पछी एकल महिलाको संख्या बढ्ने रुसको चिन्ता ।

१ असार २०७५ ।
विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ । रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले एकल आमाको संख्या बढ्न सक्ने चिन्ताले छोएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबर अनुसार रुसी संसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्र्तवार्ता दिदै विश्वकपपछि एकल आमाको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गरेकी छन् । उनले विदेशी पुरुष र रुसी महिलाबाट जन्मने बच्चाल पछि दुःख पाउन सक्ने समेत बताइन् ।उनले विश्वकपका समय आएका पुरुषसँग यौन सम्बन्ध नराख्न समेत रुसी महिलालाई आग्रह गरेकी छन् । रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख समेत रहेकी प्लेतन्योभाले विदेशी अश्वेत पुरुषसँग यौन सम्बन्ध राख्दा मिश्रित सन्तान जन्मन सक्नेप्रति सचेत गराइन् ।उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको स्मरण गर्दै विदेशीसँग यौन सम्बन्ध रुसीका लागि खतरनाक हुने बताइन् । उनले रुसी महिलाले रुसी पुरुषसँगै विवाह गर्नु पर्ने बताइन । ‘विदेशीसँग सम्बन्ध राख्दा बच्चा र आमा दुवैको विजोग हुन्छ,मिश्रित सन्तान जन्मन्छन्, त्यसकारण सुखी परिवारको लागि रुसी नागरिकले एकअर्कासँग विवाह गर्नुपर्छ ।’ उनले भनिन्

Comment with Facebook

Share This News !

Ads




shares