प्रदेश ७ ले पायो निर्विरोध सभामुख : अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित

२७ माघ, कैलाली । प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

थापाको प्रस्तावकमा दीर्घ सोडारी तथा समर्थकमा त्रिलोचन भट्ट छन् । थापाले दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए ।

६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares