नेपाली कम्युनिस्टलाई कमजोर बनाउन बिदेशी शक्ति लागेको छ : प्रचण्ड

असार २९ चितवन ।

चितवनमा शारदा स्मृति र जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले नेपालको कम्युनिस्टलाई कमजोर बनाउन स्वदेशी र बिदेशी शक्ति सकृय रहेको बताएका छन ।

कम्युनिस्ट शक्तीलाई कसरी कमजोर बनाउने भनेर ठुलो चलखेल भईरहेको बताएका छन ।संसारमा समाजवाद कमजोर भईरहेको बेला संसारको अग्लो चुचुरोको देशबाट समाजवाद उदाउनु भनेको पुँजीबादहरुको चुनौतिको बिषय भएको बताएका छन ।बिश्वका कम्युनिस्ट नेताहरुले नेपालमा कम्युनिस्टहरु बहुमतका साथ उदाउनु भनेको बिश्वकै लागि उदाहरण भएको कुरा भन्छन र त्यो पुँजीबादहरुलाई पाच्य नभएको भनेका थिए ।

पार्टी एकीकरणको बारेमा बताउदै बिधान नियमावली साउन भित्रमा सक्ने भनेका छन अ साथै सरकारका सकारत्मक कामहरु जनतासम्म पुर्याउने सबैको दायित्व रहेको भनेका थिए । उक्त कार्यक्रममा विभिन्न राशीका पुरस्कारहरु बितरण भएको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares