जाजरकोट पहिरो ७ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं, साउन २१ गते ।
जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । । पहिरोले पुरेका ५ जनाको शव निकालिएको छ । चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ ।

जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ । मृत्यु हुनेमा लुहारकी मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेकाछन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटी स्थित तिर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमुली तिर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार त्यसैगरी नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन् । सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।

हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । पुरिएको घर पन्छाएर पुरिएकाहरुको खोजी कार्य भइरहेको छ । अप्ठेरो ठाउँ भएको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताए । बिहान ८ बजे घटना भए लगतै प्रहरी घटनास्थलमा खटिएको थियो । पहिरोले गोपाल सुनारको घरका पूर्णरुपमा पुरेकाले उद्धारमा समस्या भएको उनले बताए ।

Comment with Facebook

Share This News !

Ads




shares