आफ्नै बाबुद्वारा छोरीको हत्या ।

असार २७ बारा, कलैया ।

बारा जिल्ला कलैया महानगरपालिका वडा नंं. ५ धुसुकपुर घर भएकी प्रियंका मिश्राको आफ्नै बाबुद्वारा हत्या भएको  आसंका गरिएको छ ।  २२ गते बेलुका लगभग ८ बजे एम्बुलेन्स बृजकिशोर मिश्राको घर अगाडि आयो र केही बेरमा गएपछि छिमेकीहरुले के भएको भनी सोध्दा आमालाई हर्ट अट्याक आएको भन्यो । भोलिपल्ट छिमेकीहरुलाई छोरी प्रियंकायंकाको हर्ट एट्याक भएको र आफुले जलाई पनि सकेको भन्दा गाउँलेहरु अचम्ममा परे र तत्कालै प्रहरीलाई खबर गरे । छिमेकीहरुले सांझ आमा बिरामी भएको र पछी छोरी बिरामी भई मृत्यु भएको कुरा सुन्दा पत्यार नलागी प्रहरीलाई खबर गरेको भन्छन । छिमेकी हरुका अनुसार २२ गते सांझ प्रियंकाको हत्या भएको र सबैसंग लुकाएर जलाएको हुनुपर्छ ।

प्रहरीको अनुसन्धानमा एम्बुलेन्स ड्राईभर दुलारे अन्सारीले वृजकिशोर मिश्राले आफुलाई मोतिहारी जान भनेको र आफुसंग पास तथा अस्पतालको रेफर नभएको हुनाले हर्दिया सम्म छाडेको बताएका छन ।

Comment with Facebook

Share This News !

Ads




shares