अध्यादेश विवाद: ‘कांग्रेसलाई मान्य हुने विकल्प खोज्छौं’

काठमाडौं ९ पुस,

राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशबारे विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई पनि मान्य हुने गरी यसको विकल्प खोजिने बताएका छन्।

वाम गठबन्धनको अर्को दल नेकपा एमाले राष्ट्रियसभाको निर्वाचन गर्दा बहुमतीय प्रणालीबाट हुनुपर्ने तर्क गर्छ भने काँग्रेस एकल संक्रमणीय प्रणालीको पक्षमा छ।

यस्ता परस्परविरोधी अडानबीच राजनीतिक परामर्श गरिरहेकी राष्ट्रपतिले आइतवार एउटा तराई केन्द्रित मुख्य दलसँग छलफल गरेकी छन्।

अध्यादेश विवादमा माओवादी केन्द्रले भने कतिपयले भन्ने गरेको ‘मध्यमार्गी बाटो’ लिएको देखिएको छ।

विकल्प

चितवनमा आइतवार एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशबारे चलिरहेको विवाद छिट्टै समाधान हुने र त्यसका लागि काँग्रेसलाई पनि सहमत गराउनेबारे एमाले अध्यक्षसँग कुरा गरेको बताए।यसको हल चाहिँ हामीले नै निकाल्नु पर्छ र प्रतिपक्षलाई पनि सम्हालेर लैजानुपर्ने जिम्मेवारी हाम्रो हो भन्ने मैले ठानेको छु प्रचण्ड, अध्यक्ष, माओवादी केन्द्र

उनले भने, “अब नेपाली कांग्रेसको साथीहरुको समस्या के हो भन्ने कुरा चाहिँ हामी वामपन्थीहरुले बुझिदिनुपर्ने म ठान्छु र यसबारे हामीले ध्यान दिँदा नै राम्रो हुन्छ।”

“मैले केपी ओलीजीसँग यो कुरा पनि सोचौं भनेको छु। यसको हल चाहिँ हामीले नै निकाल्नु पर्छ र प्रतिपक्षलाई पनि सम्हालेर लैजानुपर्ने जिम्मेवारी हाम्रो हो भन्ने मैले ठानेको छु।”

तर समाधानको विकल्पबारे भने उनले प्रष्ट रुपमा मुख खोलेनन्।

प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा पठाइएको दुई महिनाभन्दा बढी भइसकेको छ।

सुझाव

राजनीतिक दलहरुबीच अध्यादेशबारे देखिएको मतभेदको कारण दर्शाउँदै अध्यादेश जारी नगरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेताहरुसँग परामर्श लिने क्रमलाई निरन्तरता दिएकी छन्।

आइतवार राष्ट्रपतिसँग भेटेका संघीय समाजवादी फोरम नेपालका नेताहरुले अध्यादेश जारी गर्न सुझाव दिएको बताइएको छ।राष्ट्रपतिज्यूसँग अध्यादेशबाट गाँठो फुकाउने, राष्ट्रियसभाको चुनाव गर्ने, संसद गठन गर्ने र संसदले भोलि त्यसलाई खारेज पनि गर्न सक्छ या पारित गरेन भने स्वत: खारेज पनि हुनसक्छ भन्ने कुरा भएका छन्।  उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

उक्त दलका अध्यक्ष उपेन्द्र यादवले भने ,”एकल संक्रमणीय मतकै आधारमा हुने निर्वाचन प्रणालीलाई हामीले प्राथमिकता दिएका छौं। राष्ट्रपतिज्यूसँग अध्यादेशबाट गाँठो फुकाउने, राष्ट्रियसभाको चुनाव गर्ने, संसद गठन गर्ने र संसदले भोलि त्यसलाई खारेज पनि गर्न सक्छ या पारित गरेन भने स्वत: खारेज पनि हुनसक्छ भन्ने कुरा भएका छन्।”संसद

प्रावधान

तराई केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टीले पनि एकल संक्रमणीय प्रणालीकै पक्षमा समर्थन रहेको जनाइसकेको छ।

राष्ट्रपतिका सहयोगीहरुले उक्त दल र विज्ञहरुसँग पनि छिट्टै छलफल हुने बताएका छन्।

निर्वाचन आयोगले राष्ट्रिय सभाको कानून र त्यसअनुसार निर्वाचन नहुँदासम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्न नसकिने बताउँदै आएको छ।

मतपरिणामको औपचारिक घोषणा नभएसम्म सरकार गठनको प्रक्रिया शुरु हुन नसक्ने संवैधानिक प्रावधान छ।

Comment with Facebook

Share This News !

Ads




shares