चाँदी किन्दा होस पुर्याउनुस् ! नयाँ खुलासा – त्यो ‘क्याडमीयम’ पनि हुन सक्छ

बजामा तपाई चाँदी किन्न जाँदै हुनुहुन्छ भने अलि ध्यान पुर्याउनुहोला । किनकि, केही व्यवसायीले चाँदीजस्तै देखिने ‘क्याडमीयम’ धातुलाई चाँदी भनेर बेच्ने गरेको खुलासा भएकाृ छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लगाएको हो ।

चाँदी व्यवसायमा नेपालमा बनेका चाँदीमा भन्दा भारतबाट आउने गरेका चाँदीका गहनाहरुमा क्याडीम बढी भेटिने गरेको विभागका रसायनिक ल्याबका निर्देशक दिपक ज्ञवालीले जानकारी दिए। ‘नेपालमा यसको प्रयोगनै भएको छैन भन्ने होइन ।’ उनले भने, ‘तर विगतको भन्दा निकै कम भने भएको छ ।’

उनका अनुसार संसारमा ब्याण्ड गरिएको क्याडमीयम नामक धातु नेपाल र भारतमा भने अझै केही व्यवसायीले चाँदीको नाममा बेचिरहेका छन् । क्याडमीयम चाँदीजस्तै देखिएपनि त्यसलाई जलाउँदा त्यसबाट निस्कने भ्यापोर मानिसको पसिना अथवा र्यालबाट शरिरमा गए त्यसले क्यानसरसम्मको जटिल रोग निम्ताउन सक्ने चिकित्सकहरु बताउँछन् ।

Comment with Facebook

Share This News !

Ads




shares