इन्भेष्टमेण्ट बैंकले अमेरिकाबाट थाल्यो पे-पल रेमिट्यान्स सेवा

अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने हेतुले नेपाल इन्भेष्टमेण्ट बैंकबाट पनि अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पे-पल इन्क ‘जुम’साग रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।

यस बैंकबाट देशका विभिन्न ठाउामा रहेका ६१ वटा शाखा संजाल र ९९ वटा एटिएम प्रदायेक एस नेपाल इन्भेष्टमेण्ट बैंक लि।र अमेरिकास्थित पे-पल इन्क ‘जुम’ बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ ।

सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाास्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पे-पल इन्क ‘जुम’ मार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन् ।

Comment with Facebook

Share This News !

shares