फोहोर व्यवस्थापनबाट महिला उद्यमी

इलाम , चैत्र १९ गते।

 

फोहोरबाट मोहर आर्जन गर्ने गरेका छन् । उनले आफन्त र आफनो घरबाट निस्केको फोहोर संकलन गरी घरको छतमा तरकारी खेती गरेका छन् ।

यस्तो सिर्जनशील कामबाट उनको परिवारको तरकारी खर्च त बच्यो नै, साथै तरकारी खेतीबाटै घर्रखर्चसमेत चलेको छ ।  केही वर्षगाडि पोखराको सिर्द्धार्थ चोकनजिकै आधा रोपनी क्षेत्रफलमा बनाएको घरको छतमा तरकारी खेती गर्न सुरु गरेका हुन् ।

सहर मात्र होइन ग्रामीण क्षेत्रको वातावरणमा पनि गम्भीर असर पुर्‍याउने गरेको छ । प्लास्टिक मुक्त भनिएको इलाम नगरपालिकामा पनि यस्ता फोहोरले समस्या बढाउँदै गएको छ । फोहोर व्यवस्थापनसँगै नसड्ने फोहोरबाट मोहोर बनाउन सकिन्छ भन्ने हिम्मत साथ यहाँका महिलाले यसको प्रयोग गर्न थालेका छन् ।

सदरमुकामस्थित हरित नगर महिला समूहले यहाँका न्यून आयस्तर भएका महिलाहरूलाई यस्ता सामग्रीको प्रयोगबाट विभिन्न उपयोगी समाग्री बनाउने सीप सिकाएर वातावरण प्रदूषण कम गर्दै आय स्तर बढाउने उपाय निकालेका हुन् । सदरमुकामस्थित आदर्श माविको पुरानो भवनमा दैनिक दर्जन धेरै महिला यस्ता सीप सिक्न व्यस्त छन् । नसड्ने प्लास्टिकजन्य सामग्रीबाट बस्ने कुर्सीदेखि आकर्षक खेलौना र सजावटका सामग्री निर्माण हुने सीप सिक्न महिलाहरूको आकर्षण देखिएको छ । ‘महिलाहरूको आयस्तर बढाउन फालिएका सामग्री संकलन गरी आकर्षक सामग्री बनाउने विधि राम्रो लाग्यो,’ संस्थाकी अध्यक्ष रिना घिमिरेले भनिन्, ‘दोहोरो फाइदा हुने भएपछि धेरै महिलाले यसलाई व्यवहारमा पनि लागू गर्न थालेका छन् ।’

कच्चा पदार्थ खरिद गर्न लगानी पनि गर्नु नपर्ने र खाली समय बसेर बिताउनुभन्दा यस्ता सामग्री बनाउने सीप सिक्दा फाइदा हुने ठानेर महिलाले चासो दिएका छन् । ‘बेकाम बस्नुभन्दा केही सिकौं भनेर सुरुमा ज्ञान लिए,’ प्रशिक्षक रीता रानाले भनिन्, ‘अहिले विभिन्न स्थानमा यस्ता सामग्री बनाउन धेरै महिलालाई सिकाउने अवसर जुटेको छ भने आफ्नो पनि आयस्तरमा सुधार आएको छ ।’

अघिल्लो वर्ष संस्थाले इलाम नगरपालिकाको सहयोगमा यस्तै किसिमको तालिम ७० जनालाई दिएको थियो । यो वर्ष २० बढीलाई सिकाइँदै छ । ‘सुन्दा पत्यार नलाग्ने तर बनाएपछि आकर्षक देखिने भएकाले यस्ता सामग्रीको बजारमा खपत बढ्ने अपेक्षा छ,’ संस्थाकी उपाध्यक्ष सुनीता कर्मचार्यले भनिन्, ‘तर अझै पनि यस्ता सामग्रीले सोचेअनुरूपको बजार भने पाउन सकेको छैन ।’

अघिल्लो वर्ष तालिम लिएका धेरैले घरघरमै बसेर भए पनि सामग्री बनाउँदै आएका छन् । तर बजारको भरपर्दो व्यवस्था नहुँदा भने समस्या भएको महिलाहरूको भनाइ छ । ‘फूर्सदको समयको सदुपयोगसँगै घरमा निस्कने फोहोरलाई मात्र सामग्री बनाउदा सजावट गर्न र बिक्री गर्न पनि सकिँदो रहेछ,’ स्थानीय उर्मिला श्रेष्ठले भनिन्, ‘सीप सिकिराख्ने जहाँकहीं पनि काम लाग्ने भएकाले अधिकांश फुर्सदिला महिलाले यस्ता सामग्री निर्माण गर्दा राम्रो हुन्छ ।’ यो संस्थाले ५ वर्षअघि देखि नै महिलाहरूलाई उद्यमी बनाउनसँगै बजारलाई सफासुग्घर राख्न काम गर्दै आएको छ ।

 

Comment with Facebook

Share This News !

Ads




shares