पर्यटकिय स्थल “दोलालघाट महोत्सव–२ “हुदै

काठमाडौँ ,चैत्र १४ ।

दोलालघाटलाई पर्यटकिय स्थलको रुपमा घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ‘दोलालघाट महोत्सव–२, २०७४/७५’ को आयोजना गर्ने भएको छ । आगामी चैत्र २३ गते देखि बैशाख ३ गतेसम्म महोत्वस हुन लागेको हो । दोलालघाट धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै हराभरा भएको स्थल भएकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना ठूलो रहेकोले महोत्वसव मार्फत प्रचार प्रसार गरिने भएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएको, काभ्रेको दोलालघाट तथा सिन्धुपाल्चोकका बस्तीहरु जोखिममा परेको र पर्यटकहरुको लागि असुविधा र असुरक्षित भन्ने भ्रमलाई चिर्न पनि हामीले महोत्वसको आयोजना गर्न लागेका हौ । प्राकृतिक सम्पदाले भरिपूर्ण प्राकृतिक सम्पदा, सुन्दरताले भरिपूर्ण पर्यटकीय क्षेत्र अब सुरक्षित रहेको व्यहोरा अवगत गराउन र सरकारी निकायको पनि ध्यान जाओस् भन्ने मुख्य उद्देश्य यस महोत्सवको हो ।  यसको अलाबा क्लबले पर्यटन प्रवद्र्धनमा बृद्धि, कृषि उद्योग तथा व्यापार प्रबद्धन, धार्मिक–साँस्कृतिक पहिचान पर्यटकीय स्थल घोषणा गराउन महोत्सवको आयोजना गरेको क्लबका अध्यक्ष श्रेष्ठले   बताए ।

कार्यक्रमको मुख्य आकर्षकहरुः
महोत्सवमा साँस्कृतिक कार्यक्रम, उद्योग/व्यापार स्टलहरु, बाल उद्यान रमाइलो मेला, चमेना गृह, ¥याप्टिङ , स्वस्थ्य शिविर, धार्मिक स्थल अवलोकलन (हेलिकोप्टरबाट), स्थानीय झाँकी प्रदर्शन, कृषि प्रदर्शनी आदि ।

https://www.facebook.com/austa.shrestha?hc_ref=ARRPw_q8ImO0FjRtWQi4EA5hZyqZeIxkCmJ-7OhwI-eVfr7Sk-HCgsHpSdLRMFb8R9Y

Comment with Facebook

Share This News !

Ads




shares