जाजरकोटको लोक तथा परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी २०७४ हुदै

काठमाडौँ ,चैत्र २० गते।

जाजरकोटको लोक तथा परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी २०७४ यही चैत्र २१ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा हुदैछ।

जाजरकोट जिल्लाका लागि केही महत्त्वपूर्ण र ऐतिहासिक कार्यक्रम हो । लोक तथा परम्परागत साँस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनीले  जाजरकोटको पहिचानको निरन्तरता दिने छ। यहाँको उपस्थितिले कार्यक्रमलाई थप समृद्ध तुल्याउने छ र सुनमा सुगन्ध हुनेछ।

लोक तथा परम्परागत साँस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी  मूल समारोह समितिका सदस्य राजन थापाले बताउनु भयो।

Comment with Facebook

Share This News !

Ads




shares