गिनिज वर्ल्ड रेकर्डको लागि पुस्कल शर्माको प्रयास

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउँन सफल बहुप्रतिभाका धनी पुस्कल शर्माको पछिल्लो समय बहुप्रतिक्षित रुपमा रहेको गीत मुटु जलाई जलाई ५ (फ्यान) सार्वजनिक भएको छ ।

बिगत १२ बर्षदेखि सांगितिक यात्रामा एकपछि अर्को उत्कृष्ट गीत संगित ल्याउदै आएका उनि लोकप्रिय कलाकारको रुपमा आफ्नो परिचय दिन सफल कलाकार हुन् ।

लामो समय देखि पर्खाईमा बसेका दर्शक श्रोताहरुको रोजाइको गीत मुटु जलाई जलाई  भाग ५ पुस ७ गते शुक्रवार उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

झट्ट हेर्दा फिल्मका नायक देखिने पुष्कल शर्मा दर्शकको रोजाइमा लोक दोहोरी क्षेत्रका महानायक नै मानिन्छन् । सुरुवाती अवस्था देखि नै बियोगान्त गीतका धरोहर मानिने पुष्कल शर्माले यस पटक पनि उनको परम्परागत शैलीलाई नै निरन्तरता दिएर गीत बजारमा ल्याएका छन् , जुन गीत उनी आफैले शब्द संगित,स्वर , अभिनय  र निर्देशन गरेका छन् ।

एउटा गाउमा आमा छोराको सम्वाद समेटिएको भूमिकाको रुपमा उनलाई देख्न सकिन्छ । उक्त गीतमा पुस्कल शर्माको एकल स्वर संग्रहित रहेको छ ।

उनको आफ्नै निर्देशन रहेको उक्त म्युजिक भिडियोमा पुष्कल शर्माकै कथा परिकल्पना रहेको छ साथै छायाङ्कन शुरेश श्रेष्ठको छ भने सम्पादन दिपक बिष्टको रहेको छ । उक्त गीतलाई पुष्कल शर्माकै कम्पनी मन्दिर म्युजिक प्रा. ली. ले बजार व्यवस्थापन गरेको छ ।

पुष्कल शर्मा लाई Everest Online News को तर्फबाट सफलताको शुभकामना छ ।

Comment with Facebook

Share This News !

Ads




shares