‘द सेप अफ वाटर’ले ओस्कारमा छायो

लसएजल्स्,माघ १२ गते।
विश्वकै प्रतिष्ठित फिल्म अवार्ड ‘ओस्कर अवार्ड’को ९० औं संस्करणमा हलिउड फिल्म ‘द सेप अफ वाटर’ सर्वाधिक १९ विधाको मनोनयनमा परेको छ । गुइलेर्मो डेल टोरोजको यो काल्पनिक रोमान्टिक फिल्म ‘बेष्ट पिक्चर’सहित १३ विधामा मनोनित भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दोस्रो विश्वयुद्धको कथामा आधारित फिल्म ‘डनकिर्क’ अवार्डको ‘बेस्ट पिक्चर’सहित ८ विधामा र ‘थ्री बिलबोर्डस् आउटसाइड इबिङ, मिसोरी’ पनि ‘बेस्ट पिक्चर’सहित७ विधामा मनोनित भएको छ ।

अवार्डमा ‘बेस्ट एक्टर’ विधामा फिल्म ‘कल मि बाइ युअर नेम’बाट टिमोथी चालामेट, ‘फेन्टम थ्रेड’बाट डेनियल डे लेविस, ‘गेट आउट’बाट डेनियल कालुया, ‘डार्केस्ट आवर’बाट गेरी ओल्डमेन र ‘रोमन जे इजरायल, इश्क’बाट डेन्जेल वासिङ्टन छन् ।

‘बेस्ट एक्ट्रेस’मा ‘द सेप अफ वाटर’बाट सेली हकिन्स, ‘थ्री बिलबोर्ड आउटसाइट इबिङ, मिजौरी’बाट फ्रान्सेस म्याकडोरमेन्ड, ‘आइ टोन्या’बाट मारगोट रोबी, ‘लेडी बर्ड’बाट साओरिस रोनान र ‘दी पोष्ट’बाट मेरिल स्ट्रिप छन् । मेरिल यो अवार्ड गरी १७ पटक ‘बेस्ट एक्टे«स’ र सबै गरी २१ औं पटक मनोनयनमा परेकी हुन् ।
अवार्डमा ‘बेस्ट डिरेक्टर’ विधामा फिल्म ‘डनकिर्क’बाट क्रिस्टोफर नोलान, ‘गेट आउट’बाट जोर्डन पेले, ‘लेडी बर्ड’बाट ग्रेटा गर्विग, ‘फेन्टम थ्रेड’बाट पल थोमस एन्डरसन र ‘द सेप अफ वाटर’बाट गुइलेर्मो डेल टोरो मनोनित भए ।

सर्वाधिक विधामा मनोनयनमा परेको ‘द सेप अफ वाटर’ अवार्डमा ‘सिनेमाटोग्राफी’, ‘कस्ट्यूम डिजाइन’, ‘फिल्म सम्पादन’, ‘संगीत’, ‘प्रोडक्शन डिजाइन’, ‘साउण्ड एडिटिङ’, ‘साउण्ड मिक्सिङ’ र ‘लेखन (मौलिक पटकथा)’ विधामा मनोनित भएको छ ।

Tuborg

Comment with Facebook

Share This News !

Ads




shares