सलमान खान धरौटीमा रिहा ।

एजेन्सी-
बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उनी कृष्णसार सिकार मुद्दामा जोधपुरको केन्द्रीय जेलमा रहेका तीन दिन देखि रहेका थिए ।
गत बिहीबार जोधपुरको सिजेएम अदालतले सलमान खानलाई २० वर्ष पहिले कृष्णसार सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
तारेखका लागि सलमान मे ७ मा अदालमा उपस्थित हुनुपर्नेछ भने अदालतको आदेशबिना उनी देशबाहिर जान पाउने छैनन् ।
उक्त मुद्दामा सुनुवाइ गरिरहेका न्यायाधीशको सरुवासँगै सलमानलाई अठ्यारोमा पार्न सक्ने अनुमान गरिएको थियो ।
तर न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार फैसला सुनाउँदै सलमानलाई भारु ५० हजार धरौटीमा जमानत दिएका हुन्।

Comment with Facebook

Share This News !

Ads




shares